पिएम कपः पुलिसको लगातार दोस्रो जित « Khabarhub

पिएम कपः पुलिसको लगातार दोस्रो जित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो ।

पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, रसिद खानले २८, विकेट किपरसमेत रहेका दिलिप नाथले २५ तथा अनिल शाहले २२ रनको योगदान गर्दा आरिफ शेखले १० रन बनाए ।

बलिङमा आर्मीका साहब अलामले सर्वाधिक तीन विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोमपााल कामी ४२ रन बनाउँदा हरि चौहान १२, कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए ।

पुलिसको बलिङमा करण केसीले चार ओभरमा १७ रन खर्चिदैं सर्वाधिक चार विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याचसमेत भए । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समना एक विकेट लिए । जितसँगै समूह एबाट पुलिस चार अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १ : १० बजे

अदालतको आदेशविपरीत हेटौँडा बजारमा किन चल्यो डोजर ?

काठमाडौं- शुक्रबार साँझ सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना

एनपीएल : टस जितेको पोखराले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

अदानचुलीका सडक स्तरोन्नति गरिँदै

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी