गुल्मीमा विद्युतीय राहदानी सेवा सुरु : प्रविधिमा कर्मचारी र प्रक्रियामा सेवाग्राही अलमलमा « Khabarhub

गुल्मीमा विद्युतीय राहदानी सेवा सुरु : प्रविधिमा कर्मचारी र प्रक्रियामा सेवाग्राही अलमलमा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।

अब प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रदान गर्नेछ । प्रशासन कार्यालयले केही दिन विद्युतीय राहादानीको परीक्षण गर्‍यो ।

अहिले दैनिक १० जनालाई सेवा प्रदान गर्न सकिने गरेर काम सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्डविक्रम पौडेलले जानकारी दिए । नयाँ प्रविधि भएकाले अझै पनि सतप्रतिशत काम हुनेमा कार्यालय विश्वस्त नभएको पौडेलले बताए ।

‘कर्मचारीको कारण काम रोकिँदैन । तर, प्रविधिमा समस्या आउनेबित्तिकै काम बिग्रन पनि सक्छ,’ उनले भने, ‘सुरु-सुरुमा कसैलाई सास्ती पनि हुनसक्छ ।’ उनले फाराम भर्ने बेलाम आफ्नो पालो पर्ने निर्धारण हुने भएकाले पालो र अरु प्रक्रिया बुझेर मात्रै कार्यालयमा आउन सेवाग्राहीलाई आग्रह गरे ।

नागरिक सवै सूचना र प्रविधिको पहुँचमा छैनन् । सरकारले छिनछिनमा बदल्ने सेवा र त्यसको प्रक्रियाका बारेमा नागरिक अनविज्ञ हुँदा सास्ती खेप्ने गरेका छन् । सेवा प्रदायक त विद्युतीय राहदानीको बारेमा सिक्दै छन् ।

सोमबार विद्युतीय राहादानीको सेवा शुभारम्भ गरिरहेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई सेवाग्राहीले गरेको प्रश्नबाट नागरिक सुविधा र प्रक्रियामा प्रष्ट छैनन् । अहिलेको विद्युतीय राहदानी र अघिल्लो राहदानी पाउने प्रक्रियामा खासै फरक छैन ।

यो पासपोर्टका लागि पहिले नै आफ्नो मोबाइल एप वा इन्टरनेटबाट फारम भरेर मात्र प्रशासन कार्यालयमा पुग्नुपर्छ । सबैले मोबाइल एप प्रयोग गर्न सक्दैनन् । पहिलेको राहदानीको जस्तै साइवरहरु (बाहिर फाराम भर्ने स्थान) बाट फाराम भर्ने । त्यसपछि प्रशासन कार्यालयको राहदानी शाखामा आएर फाराम भेरिफाइ गरेपछि मात्रै राजस्व बुझाउनुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

राजश्व बुझाउन कार्यालय परिसरमै बैंकको शाखा रहेको छ । राजश्व बुझाएपछि राहदानी शाखामा आएर फोटो खिचाएर थप भेरिफाइ भएपछि मात्रै सम्बन्धित अधिकारीबाट प्रमाणीकरण हुने पन्थीले बताए । पहिलेको राहदानीको लागि भन्दा फरक विद्युतीय राआदानीलाई राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्छ । त्यो संगै सक्कल नागरिकता, शैक्षिक प्रमाणपत्र आवश्यक पर्छ ।

बसाइँसराइको हकमा बसाइँसराइको प्रमाणपत्र, विवाह गरेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र आवश्यक पर्ने प्रशासकीय अधिकृत पन्थीले बताए ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित राहदानीलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले झन्डै ११ वर्षपछि विद्युतीय राहदानी प्रयोगमा ल्याएको छ । अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ ।

प्रत्येक पाँच-दश वर्षमा राहदानीमा सुरक्षाका प्रावधानहरू अद्यावधिक गर्नुपर्छ । राहदानीमा सुरक्षा प्रावधान अद्यावधिक गरिएको छ । एमआरपीको तुलनामा विद्युतीय राहादानी बढी विश्वसनीय र सुरक्षित भएको विभागको दावी छ ।

अब स्वयं व्यक्तिबाहेक अरुले कुनै पनि तरिकाले राहदानी लिन नसक्ने र नक्कली काम नहुने विभागले गरेको छ । विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : ०० बजे

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको