उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण « Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् ।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस) ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन ।

उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेका बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका बताइएको छ ।

उत्तर कोरियाले ६ दिनमात्र अघि पनि यहाँ यस्तै प्रकारको क्षेप्यास्त्र हानेको थियो । यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : १५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको