इलामकी नुमा ‘द भ्वाइस किड्स’को फाइनलमा « Khabarhub

इलामकी नुमा ‘द भ्वाइस किड्स’को फाइनलमा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इलामको माङसेबुङ–६ हाङतापा नागीकी १४ वर्षीया नुमा राई ‘द भ्वाइस किड्स’को फाइनलमा पुगेकी छन् । टिम मिलनमा रहेकी नुमा टप १६ बाट सबैभन्दा बढी भोट ल्याएर फाइनलमा पुगेकी हुन् ।

दर्शकको विश्वास र भोटको साथ पाएरै आफू फाइनलमा पुग्न सकेको नुमाले बताएकी छन् । यो प्रतियोगिताको उपाधि नै जिताउन पहिले जसरी साथ दिन उनले दर्शक, शुभेच्छुकलाई आग्रह गरेकी छन् । टप ८ मा पुगेका प्रतिस्पर्धीबीच उपाधि भिडन्त भइरहेको छ । फाइनल माघ १ गते हुने जनाइएको छ ।

फाइनल प्रवेशका क्रममा उनले ‘देम सारो’ गीत गाएकी थिइन् । टप २४ बाट पनि उनी पहिलो नम्बरमै अघि बढेकी थिइन् । त्यस क्रममा उनले ‘दुई चुल्ठी बाटेर’, लाइभ राउन्डमा ‘डाली–डाली फूल फुल्यो’ गीत गाएर निर्णायक र दर्शकको मन जितेकी थिइन् । ‘सिरिमा सिरी’ गीत गाएर उनले ब्याटल राउन्ड पार गरेकी थिइन् । ब्लाइन्ड राउन्डमा ‘गोठालो जाँदा’ गीत गाएर कोच मिलन नेवारको मन जितेकी थिइन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ०३ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल