इलामकी नुमा ‘द भ्वाइस किड्स’को फाइनलमा « Khabarhub

इलामकी नुमा ‘द भ्वाइस किड्स’को फाइनलमा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इलामको माङसेबुङ–६ हाङतापा नागीकी १४ वर्षीया नुमा राई ‘द भ्वाइस किड्स’को फाइनलमा पुगेकी छन् । टिम मिलनमा रहेकी नुमा टप १६ बाट सबैभन्दा बढी भोट ल्याएर फाइनलमा पुगेकी हुन् ।

दर्शकको विश्वास र भोटको साथ पाएरै आफू फाइनलमा पुग्न सकेको नुमाले बताएकी छन् । यो प्रतियोगिताको उपाधि नै जिताउन पहिले जसरी साथ दिन उनले दर्शक, शुभेच्छुकलाई आग्रह गरेकी छन् । टप ८ मा पुगेका प्रतिस्पर्धीबीच उपाधि भिडन्त भइरहेको छ । फाइनल माघ १ गते हुने जनाइएको छ ।

फाइनल प्रवेशका क्रममा उनले ‘देम सारो’ गीत गाएकी थिइन् । टप २४ बाट पनि उनी पहिलो नम्बरमै अघि बढेकी थिइन् । त्यस क्रममा उनले ‘दुई चुल्ठी बाटेर’, लाइभ राउन्डमा ‘डाली–डाली फूल फुल्यो’ गीत गाएर निर्णायक र दर्शकको मन जितेकी थिइन् । ‘सिरिमा सिरी’ गीत गाएर उनले ब्याटल राउन्ड पार गरेकी थिइन् । ब्लाइन्ड राउन्डमा ‘गोठालो जाँदा’ गीत गाएर कोच मिलन नेवारको मन जितेकी थिइन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ०३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको