सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण « Khabarhub

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण उच्च छ ।

पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पुस २५ गते केही घटेको संक्रमण २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पुस २६ गते संक्रमण बढेर १ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी मंगलबार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेपछि संक्रमितको संख्या बढ्न थालेको हो । ‘भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँ कार्यरत नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्,’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘जसका कारण कोरोना संक्रमण दर बढेको देखिन्छ ।’ उनले समुदायस्तरमा भने कोरोना संक्रमण खासै नदेखिएको बताए । ‘अहिले भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्नथालेको छ,’ प्रवक्ता कार्कीले भने, ‘उनीहरूको स्वास्थ्य परीक्षण गर्दा संक्रमणदर बढेको देखिन्छ, समुदायस्तरमा भने संक्रमण फैलिएको पाइएको छैन ।’

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न सके समुदायस्तरमा फैलिने कोरोना संक्रमण केही हद सम्म रोक्न सकिने बताए । ‘भारतबाट आएका मध्ये सङ्क्रमित भएका व्यक्तिले आइसोलेसनमा बस्ने र स्वास्थ्य व्यक्तिले स्वस्फुर्तरुपमा १० दिन सम्म क्वारेन्टिनमा बस्ने गरिदिए समुदायस्तरमा संक्रमण फैलनबाट रोक्न सकिन्थ्यो,’ उनले भने, ‘तर क्वारेन्टिनको पालना खासै भएको पाइँदैन, यो चिन्ताको विषय बनेको छ ।’

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिचममा मंगलबार थपिएका कोरोना संक्रमितसँगै कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४९ हजार २ सय २५ पुगेको छ । निर्देशनालयका अनुसार मंगलबार प्रदेशबाट ५३ जना कोरोना मुक्त भएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४८ हजार ५२ पुगेको छ ।

सुदूरपश्चिममा मंगलबार सम्म कोरोना संक्रमणका कारण ६ सय १४ जनाको मृत्यु भएको छ । मंगलबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । सुदूरपश्चिममा मंगलबार २ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ३३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या