साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ « Khabarhub

साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं। ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं १–०२–०४५ प ८२७ नम्बरको २२० सीसीको प्लसर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँबराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीले ब्रास्लेट १८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औंठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।

पक्राउ परेका खातीलाई आवश्यक कारवाहीको लागि जनकपुरधामस्थित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका