आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त « Khabarhub

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् ।

जारी ए डिभिजन लिग-२०७८ मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् । जारी आइएसएलमा अनन्त चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ ।

सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी दुबैले आधिकारिक रूपमा अनुबन्ध भएको घोषणा गरेका छैनन् । भारतीय अनलाइन मिडियाले दुईतर्फी सम्झौता भएको बताइएको छ ।

यस सम्झौतासँगै २४ वर्षीय अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । इस्ट बंगानबाट भने पूर्वअअध्यक्ष गणेश थापाले खेलिसकेका छन् । अनन्त नेपाली टिमका नियमित सदस्यसमेत हुन् । एन्फा एकेडेमीका अनन्त विशेषत: सेट पिसका लागि माहिर मानिन्छन्।

सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग), सोलिडारिटी कप र १३औं साग नेपालले उपाधी हात पार्दा अनन्त टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : ४५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा