जाडो महिनाको अपराह्नको समय। बोस्नीयाको त्यो जीवन , साँच्चै सुन्दर थियो। साराजेभो उपत्यकामा कुनै घरमा छतमा बसेर त्यहाँबाट हिउँ परेको दृश्य देख्ने साँच्चै आनन्दको महसुस गर्थे। सन् १९८४ को शीतकालीन ओलम्पिकमा लागि बनाइएको धेरै ट्र्याकमा केटाकेटी खेलिरहेका देखिन्थे।
सन् १९९२ देखि ९५ को समयमा त्यही स्थान बोस्नीया सबै सेनाको घेराबन्दीमा परेको थियो। त्यो पीडादायक क्षणलाई भोग्ने र नजिकबाट हेर्नेहरू अहिले पनि सम्झना नै कहाली लाग्दो भएको बत्ताउँछन्।
दोस्रो विश्व युद्धपछि यूरोपमा कतै पनि नभएको त्रासदीय, क्रूर र रगताम्मे भएका दृश्य देखिएका थिए। स्रबेनीका (सर्व बोस्नीया) क्षेत्रको पूर्वमा यत्ति धेरै अत्याचार भएको थियो की सन् १९९५ को जुलाई महिनामा मात्र ८ हजार इस्लाम युवा तथा बच्चाको ज्यान लिइएको थियो।
बोस्नीयाको सबै युद्ध समयका नेता राडो भान काराडजीक र राट्को म्लाडिक दुवै मानवता विरोधी अपराध र नरसंहारका लागि आजीवन कारावासको सजाय भोगी रहेका छन्।
सन् १९९५ मा ओहीयामा रहेको अमेरिकी सेनाको पहलमा युद्ध सकिएको थियो। ठूलो समूहको प्रयासपछि वार्ता र सहमति हुँदै त्यहाँ युद्धको औपचारिक अन्त्य भएको हो।
साँचो सर्व राजधानी बान्जा लुकामा ९ जनवरीमा भएको परेडले बास्नीया सर्वीयाको समस्यालाई अझ पेचिलो बनाएको छ।
सन् १९९२ मा बोस्नीया सर्व स्वतन्त्र भएको ३० औं वर्षगाँठ मनाइँदै थियो। त्यो परेडको अध्यक्षता मिरोलाड डोडिकले गरेका थिए। यसलाई अमेरिकाले सेनालाई सक्रिय बनाउने कुराको ठहर गरेको थियो।
सन् १९९२ मा बोस्नीया सर्व स्वतन्त्र भएको ३० औं वर्षगाँठ मनाइँदै थियो। त्यो परेडको अध्यक्षता मिरोलाड डोडिकले गरेका थिए। यसलाई अमेरिकाले सेनालाई सक्रिय बनाउने कुराको ठहर गरेको थियो।
डोडीकका अन्तर्राष्ट्रिय निकायमा नजिकको साथी हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान छन्। ओर्बान दक्षिणपन्थी राष्ट्रवाद मसिहा मानिन्छन्। यस कारण डोडीक र ओर्वानको धारणामा समानता छ। त्यस परेडले बोस्नीयामा विभाजित नेताको अन्तर्निहित अस्थिरतालाई भल्काएको थियो।
त्यस समयमा केही सीमा खडा गरिएका थिए। जसका कारण युद्ध रोकिएको थियो। सबै संस्थालाई गणतान्त्रिक सर्वीया भन्ने गरिन्थ्यो। अर्कोतर्फ गणतान्त्रिक बोस्नीया एन्ड हर्जगोभीना बोस्यानीक इस्लाम तथा क्रोएसीयालीको शासनमा थियो।
यी दुई संस्था बीचको सम्बन्ध कहिले पनि राम्रो हुन सक्दैन थियो। युगोस्लाभीयाको अवस्था र सर्व घटनाक्रमका जानकार अस्ट्रियाका उच्च तहका प्रतिनिधि भ्यालेन्टीन इन्जकोको उपस्थितिमा सबै नरसंहार सधैँका लागि बन्द हुने भएको थियो।
विदेशीले बनाएर लागु गराउने नियमले धेरै बोस्नीयालीलाई झर्को लाग्न सक्छ। तर, बोस्नीयाली सर्व नेतालाई यसले आक्रोशित तुल्याएको छ। उनले राष्ट्रवादी बयान बाजीको अन्त्य गरेका छन्। साथमा उनीहरूको राष्ट्रिय प्रतिष्ठानसँगको अन्तरक्रियालाई पनि बन्द गरेका छन्।
बोस्नीयाका लागि बेलायती राजदूत म्याट फिल्डले डोडीकको चालबाजीको राम्रोसँग जानकारी राखेका छन्। उनले घृणा जगाउने खालको अभिव्यक्ति गर्दै बोस्नीयाको कानुनको विरुद्धमा लाग्न प्रेरित गरिरहेका छन्।
अहिलेका उच्च पदस्थ प्रतिनिधि जर्मनीका पूर्व क्रिस्चीयन स्कीमीडले युद्ध कालीन समयपछि गम्भीर मोडमा पुगेको बताएका छन्। डोडीकले आफ्नो सैन्य जत्थालाई फेरि परिचालित गर्ने घोषणा गरेसँगै फेरि युद्धको बाटोमा बोस्नीया सर्वलाई लैजान सक्ने चेतावनी दिएका छन्।
बोस्नीयाका लागि बेलायती राजदूत म्याट फिल्डले डोडीकको चालबाजीको राम्रोसँग जानकारी राखेका छन्। उनले घृणा जगाउने खालको अभिव्यक्ति गर्दै बोस्नीयाको कानुनको विरुद्धमा लाग्न प्रेरित गरिरहेका छन्।
सन् २०२२ को पहिलो सातामा नै डोडीकले शान्ति प्रक्रिया बिथोलेको तथा भ्रष्ट गतिविधि जारी राखेको कुरा अमेरिकाले स्वीकार गरी सकेको छ। त्यसको चार दिनपछि नै बुन्जा लुकामा मार्च पास गराएर डोडीकले यसको साङ्केतिक प्रतिकार गरेका थिए।
अहिले डोडीकको आफ्नै देश र देश बाहिर पनि आलोचना भइरहेको छ। यसरी उनको आलोचना गर्ने मध्ये बोस्नीयन सर्वका सोसीयल डेमोक्रेटिक पार्टीका उपाध्यक्ष भोजिन मिजाटोभिक पनि छन्। मिजाटोभिकले त डोडीक माथि विगतमा भ्रस्टाचार गरेर अकुत सम्पत्ति कमाएको र त्यो भ्रष्टाचारलाई सामसुम पार्न यी सबै गरिरहेको आरोप समेत लगाए।
नरसंहारलाई अस्वीकार गरिएको विषय अहिले बोस्नीया सर्वमा प्राथमिकताका साथ उठी रहेको छ। स्रेब्रेनीकामा भएको घटनालाई पूर्ण रूपमा डकुमेन्टमासमेत राखिएका छन्। तर पनि, धेरैमा निर्दोषमाथि आरोप लगाइएको आशङ्का छ।
बन्जा लुकामा अपाङ्गता भएका एक व्यक्तिलाई सुरुवातमा माफी दिइने निर्णय गरिए पनि अहिले फेरि आरोप थोपरिएको छ। डोडीकका सहकर्मी पूर्वी सर्जेभोका मेयर जुबीसा कोसीकले स्रेब्रेनीकामा सर्वले बोस्नीयालीको हत्या गरेको स्वीकार गर्छन्। तथापि उनी यसलाई नरसंहार मान्न तयार हुँदैनन्।
त्यहाँ पुगेका जर्मन अधिकारीले त दोस्रो विश्वयुद्धपछि पनि नरसंहारको घटना हुनुलाई आश्चर्यको रूपमा लिएका छन्। उनले सेब्रेनीकामा यस खालको घटना हुन नहुने धारणा राखेका छन्। सेब्रेनीकाको त्यो सानो सहरमा अहिले पनि सन् ९० को दशककै त्रासदी फर्कने त होइन भन्ने आशङ्का फैलिएको छ।
पुरानो राष्ट्र सङ्घको त्यही आधार शिविरमा सन् १९९५ मा बोस्नीयाली नागरिकलाई जोगाउन डच सेना असमर्थ भएको थियो। पूर्वमेयर कामिल डुराकोभीक अहिले पनि त्यै खालको डर यथाबत रहेको बत्ताउँछन्।
पुरानो राष्ट्र सङ्घको त्यही आधार शिविरमा सन् १९९५ मा बोस्नीयाली नागरिकलाई जोगाउन डच सेना असमर्थ भएको थियो। पूर्वमेयर कामिल डुराकोभीक अहिले पनि त्यै खालको डर यथाबत रहेको बत्ताउँछन्।
सबै सेनाले सेब्रेनीकालाई घेराबन्दीमा पार्दा डुराकोभिक १६ वर्षका मात्र थिए। आफ्नो सुरक्षाका लागि उनले पनि अन्य हजारौँ बोस्नीयाली झैँ आफ्ना काका र काकाका दुई छोरासँगै त्यहाँका पहाड पार गर्न प्रयास गरेका थिए।
त्यहाँबाट निस्कने क्रममा उनी आफ्नो समूहसँग छुटेका थिए। यसरी भागेका धेरै जना एम्बुसमा परेर मरेका थिए। भाग्यवश डुराकोभीक भने त्यहाँ बाच्न सफल भएका हुन्। उनी आफ्ना थुप्रै साथी त्यस युद्धमा मारिएको बत्ताउँछन्। आफू जिउँदो भए पनि परिवारका सदस्य होइन, सिङ्गो पुस्ता नै गुमाएको पिडा उनीमा अझै छ।
बोस्नीयाली सेनाको कब्जामा रहेका टुज्ला पार गर्न त्यहाँका घाइते र आघात व्यक्तिले गरेको दुख उनी अहिले पनि सम्झन्छन्। साराजेभोको हकमा बोस्नीयाली नेता तथा बाकिर जेट जेजोभीकले डोडीक हेर्दा राष्ट्रवादी देखिए पनि अवसरवादी र खतरनाक भएको बत्ताउँछन्। उनी भन्छन्, ‘उ एक धनी व्यक्ति हो। राष्ट्रवादको खोल ओढेर यी सबै सम्पत्तिलाई हजम गर्नेबाहेक ती व्यक्तिको अर्को ध्येय नै छैन।’
साराजेभोले डोडीक माथि यो आरोप लगाए पनि उनका बाबु नै बोस्नीयाको युद्ध कालमा राष्ट्रपति थिए। तीनले आफू असफल हुँदा राष्ट्रवादको मुद्दालाई प्राथमिकतामा साथ उठाएका थिए। बोस्नीयाले अहिले राजनीतिक सुशासन कायम राख्न सकेको छैन। बेलायती राजदूत फिल्ड अहिले पनि त्यहाँको अवस्था खराब रहेको बत्ताउँछन्। बोस्नीयामा पहुँचवालाले राज्यको सम्पत्ति विभिन्न बहनामा हडप्ने तथा त्यसैलाई प्रयोग गरेर निर्वाचनमा जित हात पार्ने गर्छन्।
भ्रष्टाचारकै कारण वार्षिक ५० देखि ६० हजार जना विदेसिने गरेका छन्। यसरी विदेसिनेहरू धेरै जर्मनी, अस्ट्रिया र स्लोभानीया पुग्ने गरेका छन्।
यी सबै कारणले बोस्नीया हर्ज गोभिनालाई विगतको छायाबाट बाहिर निकाल्न पक्कै सकिँदैन। भ्रष्टाचारकै कारण वार्षिक ५० देखि ६० हजार जना विदेसिने गरेका छन्। यसरी विदेसिनेहरू धेरै जर्मनी, अस्ट्रिया र स्लोभानीया पुग्ने गरेका छन्। राष्ट्र सङ्घकै अनुसार यही क्रम रहेमा सन् २०५० सम्ममा बोस्नीयाको जनसङ्ख्या ३० लाखको हाराहारीमा हुने छ।
अहिले बोस्नीयालाई १९९० को युद्धकै समयमा फर्कने त होइन भन्ने मात्र चिन्ता छैन। त्यसका लागि त्यहाँको सैन्य सङ्ख्या नै अपर्याप्त भइसकेको छ। तर त्यहाँ घृणाको वातावरण पैदा हुन थालेको छ । जसका कारण कुनै पनि दिन विस्फोटक रूपमा कुनै दुर्घटना हुन सक्छ।
अस्थिरता यूरोपका धेरै भूभागका एउटा समस्या बनेको छ। यसमा बोस्नीया अहिले गम्भीर मोडमा छ। सायद यसमा अन्तर्राष्ट्रिय निकायले चासो नदिएमा अझै अर्को सङ्कट आउन सक्ने सम्भावना त छदै छ।
उग्र राष्ट्रवाद आधुनिक समाजको सबै भन्दा ठूलो दुस्मन बनेको छ। शासक सुशासन दिन नसकेपछि राष्ट्रवादको नारा लगाउँदै आम मानिसलाई भावनात्मक ‘ब्ल्याक मेलिङ ’गर्ने प्रचलन संसारमा यत्रतत्र छ। यसै असफल राजनीतिज्ञको कारण सर्व बोस्नीयामा फेरि सङ्कट निम्तने खतरा बढेको छ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया