प्रचण्ड-ओली टेलिफोन वार्ता : एमसीसीबारे धारणा आओस् « Khabarhub

प्रचण्ड-ओली टेलिफोन वार्ता : एमसीसीबारे धारणा आओस्


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना (एमसीसी)का बारेमा पहिला सत्तारुढ गठबन्धनले स्पष्ट धारणा  सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमाले अध्यक्षलाई पार्टीको धारणा प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।

एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । जबाफमा ओलीले पहिला सत्तारुढ दलको धारणा मागेका थिए ।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’ ओलीलाई उद्यृत गर्दै रिजालले भने।

सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीबारे पहिला धारणा बनाउनु पर्ने एमालेको अडान यथावत छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : ५० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले