युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान « Khabarhub

युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहरुलाई तत्काल देश छोड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रसियाबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् ।

युक्रेमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका छन् । ‘अमेरिकी नागरिकहरुले तत्काल युक्रेन छोड्नु पर्छ,’ एनबीसी न्युज समाचार संस्थालाई उनले भने, ‘हामीले विश्वकै टूलो सेनासँग डिल गरिरहेका छौं । यो निकै जटिल अवस्था हो ।’

रसियाले युक्रेन अतिक्रमण गरे अमेरिकी नागरिकको उद्दारका लागि अमेरिकी सेना नपठाइने उनले बताएका छन् । युक्रेनमा ‘घटनाक्रम चाँडै उन्माद हुन सक्ने’ राष्ट्रपतिले बताए । ‘अमेरिका र रसियाले एक अर्कालाई गोली हान्न थालेको अवस्थामा त्यो विश्वयुद्ध हो । यसअघि हामीले देखेको भन्दा निकै भिन्न अवस्थामा छौ,’ उनले थपे ।

रसियाले युक्रेनको सीमामा करिब एक लाख सेना परिचालन गरेको छ, जसलाई लिएर पश्चिमा देशहरुले आपत्ति जनाउँदै आएका छन् । तर, रसियाले युक्रेनमा आफ्नो आक्रमण योजना नभएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : १७ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने