युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान « Khabarhub

युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहरुलाई तत्काल देश छोड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रसियाबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् ।

युक्रेमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका छन् । ‘अमेरिकी नागरिकहरुले तत्काल युक्रेन छोड्नु पर्छ,’ एनबीसी न्युज समाचार संस्थालाई उनले भने, ‘हामीले विश्वकै टूलो सेनासँग डिल गरिरहेका छौं । यो निकै जटिल अवस्था हो ।’

रसियाले युक्रेन अतिक्रमण गरे अमेरिकी नागरिकको उद्दारका लागि अमेरिकी सेना नपठाइने उनले बताएका छन् । युक्रेनमा ‘घटनाक्रम चाँडै उन्माद हुन सक्ने’ राष्ट्रपतिले बताए । ‘अमेरिका र रसियाले एक अर्कालाई गोली हान्न थालेको अवस्थामा त्यो विश्वयुद्ध हो । यसअघि हामीले देखेको भन्दा निकै भिन्न अवस्थामा छौ,’ उनले थपे ।

रसियाले युक्रेनको सीमामा करिब एक लाख सेना परिचालन गरेको छ, जसलाई लिएर पश्चिमा देशहरुले आपत्ति जनाउँदै आएका छन् । तर, रसियाले युक्रेनमा आफ्नो आक्रमण योजना नभएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : १७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा