नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी « Khabarhub

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टीको केन्द्रीय कार्यालयमा बैठक चलिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए ।

हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समयावधि सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरूको अधिवेशनका सम्बन्धमा छलफल भइरहेको छ ।

त्यस्तै, स्थानीय तहको चुनावको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ ।

पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने होइन भने भोलिसम्म लम्बिन सक्ने उनले बताए ।

यसअघि, बिहीबारको बैठकमा एमसीसीलगायत विषयमा छलफल गरेको थियो । त्यस्तै, चुनावको तयारीका लागि समितिहरू पनि गठन गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : ३० बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी