नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी « Khabarhub

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टीको केन्द्रीय कार्यालयमा बैठक चलिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए ।

हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समयावधि सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरूको अधिवेशनका सम्बन्धमा छलफल भइरहेको छ ।

त्यस्तै, स्थानीय तहको चुनावको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ ।

पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने होइन भने भोलिसम्म लम्बिन सक्ने उनले बताए ।

यसअघि, बिहीबारको बैठकमा एमसीसीलगायत विषयमा छलफल गरेको थियो । त्यस्तै, चुनावको तयारीका लागि समितिहरू पनि गठन गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : ३० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले