जनमत पार्टीको मागका विषयमा मन्त्रिपरिषदमा छलफल हुने « Khabarhub

जनमत पार्टीको मागका विषयमा मन्त्रिपरिषदमा छलफल हुने


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । शुक्रबार भएको भेटमा जनमतका नेताहरूले ११ बुँदे माग सम्बोधनका लागि गृहमन्त्री खाँणसँग आग्रह गरेका हुन् ।

छलफलमा गृहमन्त्री खाँणले मागहरू सकारात्मक रहेको प्रतिक्रिया दिएको जनमतका महासचिव चन्दन सिंहले खबरहबलाई बताए ।

गृहमन्त्री खाँणले ११ बुँदे मागको विषयमा मन्त्रिपरिषद् बैठकमा समेत छलफल गर्ने आश्वासन दिएको पनि सिंहले बताए ।

साथै, किसानहरूका माग सम्बोधनका लागि उच्चस्तरीय समिति गठन विषयमा पनि खाँण सकारात्मक उनले जानकारी दिए ।

गृहमन्त्रीलाई भेट्न पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी पनि गएका थिए ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका ११ बुँदे माग गृहमन्त्री खाँणलाई बुझाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : १४ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको