सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग « Khabarhub

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधि सभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सांसद अन्सारीद्वारा नेसनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्य (फ्याकल्टी) का रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको र अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन तथा आवासमा अवरोध सिर्जना गरिएको लगायतका आरोप प्रतिनिधि सभामा उठाइएको विवरण सार्वजनिक भएको छ । 

संकाय सदस्य, स्नातकोत्तर शिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरण जस्ता विषय सामान्य प्रकृतिका नभएकाले यसप्रति ध्यानाकर्षण भएको एसोसिएसनले स्पष्ट पारेको छ ।

चिकित्सा शिक्षाको गुणस्तर प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्य र जीवनसँग जोडिने भएकाले यस्ता गम्भीर आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा एसोसिएसन स्पष्ट रहेको छ । 

कुनै पनि मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए छानबिन तथा कारबाहीका लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय तथा नेपाल मेडिकल काउन्सिलजस्ता अधिकारप्राप्त नियामक निकायहरू विद्यमान रहेको एसोसिएसनले जनाएको छ । 

अनियमितता प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने र त्यस्ता कार्यको संरक्षण नगर्ने प्रतिबद्धता पनि एसोसिएसनले व्यक्त गरेको छ ।

यद्यपि, आरोप र प्रमाणित तथ्य एउटै नभएको उल्लेख गर्दै एसोसिएसनले संसद्‌जस्तो गरिमामय थलोमा सार्वजनिक सरोकारका विषय उठ्नु स्वाभाविक र आवश्यक भए तापनि तथ्य र प्रमाणबिना आरोप लगाउँदा उच्च संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएको छ । 

अधिकारप्राप्त निकायको छानबिन तथा आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठा, अध्ययनरत विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेसागत प्रतिष्ठा, उपचाररत बिरामीको विश्वास र समग्र चिकित्सा शिक्षा प्रणालीप्रतिको भरोसामा असर पर्न सक्ने चेतावनी दिइएको छ ।

कुनै पनि व्यक्ति वा संस्था तथ्य, कानुन, नियमन र उत्तरदायित्वभन्दा माथि हुन नसक्ने र प्रमाणित हुन बाँकी आरोपका आधारमा सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था बन्न नहुने एसोसिएसनको धारणा रहेको छ । 

त्यसैले, चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठाइएका विषयको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न एसोसिएसनले आग्रह गरेको छ । 

साथै, विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई ध्यानमा राखी सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : १४ बजे

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध