अधिकारको सीमाभित्रै रहेर जनभावना अनुसार काम गर्छु : प्रदेश प्रमुख जोशी | Khabarhub Khabarhub

अधिकारको सीमाभित्रै रहेर जनभावना अनुसार काम गर्छु : प्रदेश प्रमुख जोशी


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै जनताका गुनासालाई पनि सम्बोधन गरिने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएका अधिकारभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए । तर, आफूले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै उनले जन अपेक्षालाई बेवास्ता गर्न नसकिने बताए ।

प्रदेश प्रमुख जोशीले भने, ‘सक्रिय राजनीतिमा रहेका बारण जनताले मप्रति अपेक्षा गर्नू स्वाभाविक हो । ती आकांक्षालाई बेवास्ता गरिने छैन । अधिकारको सीमामा रहेर उनीहरूका भावना समेट्ने प्रयत्न गर्ने छु ।’ आफू प्रदेशकै नागरिक भएको बताउँदै उनले आफ्नो क्षेत्रको विकासबारेमा सोच्नु कर्तव्य हुने बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : २५ बजे

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको