राज्य व्यवस्था समितिको बैठक रोकियो « Khabarhub

राज्य व्यवस्था समितिको बैठक रोकियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्न नसकेको हो ।

यसैबीच, बैठक सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपका कारण बस्न नसकेको काँग्रेसले आरोप लगाएको छ ।

‘समिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरे’ काँग्रेसका एक सांसदले भने ।

मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरूको प्रभावकारिता तथा शान्ति प्रकृयासँग सम्बन्धित निकायका क्रियाकलापलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समिति अहिले सभापतिविहीन छ ।
माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बनेसँगै सभापति पद खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी आजका लागि बैठक बोलाइएको थियो ।

‘बुधबारको बैठकबाट ज्येष्ठ सदस्यको नाताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको थियो’ जसपा सांसद राजकिशोर यादवले भने ।

स्थानीय चुनावका विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेखेकी थिइन् तर सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशंका काँग्रेसले गरेको छ ।

सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : २४ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा