कोरोनाले रोजगारी गुमाएका २३ साना उद्यमीलाई मेसिन र औजार | Khabarhub Khabarhub

कोरोनाले रोजगारी गुमाएका २३ साना उद्यमीलाई मेसिन र औजार


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ । एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार छालाजुत्ता व्यवसायी, नौ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ ।

‘छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा संलग्नलाई विद्युतीय मोटर वितरण गरेका छौँ’, उनले भने, ‘खुद्रा पसल, तरकारी पसल र कुखुरा व्यवसायीलाई डिजिटल तराजु वितरण गरिएको छ ।’

प्रत्येक उद्यमी र व्यवसायीलाई रु १५ हजार मूल्य बराबरका मेसिन र सामग्री उपलब्ध गराइएको छ । ‘नगरपालिकाका कोरोना प्रभावित भएका ८४ साना उद्यमीलाई छनोट गरिएकामा पहिलो चरणमा २३ जनालाई मेसिन र औजार वितरण गरिएका छौँ’, अध्यक्ष लुहारले भने, ‘छनोटमा परेका अन्य साना उद्यमीलाई केही दिनभित्रै दोस्रो चरणमा मेसिन र औजार वितरण गर्छौँ ।’

यसैगरी कृष्णपुर नगरपालिका क्षेत्रका ८४ साना उद्यमीलाई समेत मागका आधारमा मेसिन र औजार वितरण गरिने उनको भनाइ छ । साना उद्यमीलाई मेसिन र औजार वितरण गर्नुहुँदै नगरप्रमुख दिलबहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूँजी अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ४१ बजे

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता रोकिदिने नेकपा (एमाले)को