कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल  | Khabarhub Khabarhub

कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल 



दोहा – कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको ९औँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी र तेस्रो अन्तर्राष्ट्रिय पर्यावरण प्रदर्शनीमा नेपालमा उत्पादन भएको विभिन्न नेपाली स्टलहरू राखिएको छ ।

दोहास्थित नेपाली दूतावासको समन्वयमा विश्वका ५० भन्दा बढी मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफी विकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफीका स्टलहरू राखिएको हो।

नेपाल अलैँची व्यवसायी महासङ्घबाट प्राप्त अलैँची, सेन्चुरी मसलाका विभिन्न उत्पादनहरू, रसुवा नेचुरल मिनरल वाटर तथा नेचर हर्बसका उत्पादनहरू नेपाली स्टलमा राखिएको दूतावासले जनाएको छ।

प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै विभिन्न उत्पादनका नेपाली स्टलहरू राखिएको हो । प्रदर्शनी १४ मार्चसम्म सञ्चालन हुनेछ ।

बिहीबार यहाँका प्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीले प्रदर्शनीको उद्घाटन गरेका थिए।

थानीले जलवायु परिवर्तन, दोहा प्रदर्शनी र सम्मेलन प्रदर्शनी केन्द्रको भ्रमण गर्नुका साथै कृषि, वातावरणीय दिगोपन र खाद्य सुरक्षाका क्षेत्रमा प्रयोग भएका प्रमुख आधुनिक प्रविधिका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ५५ बजे

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो

जनकपुरधाम –  नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार