रुसमाथि प्रतिबन्धै प्रतिबन्ध : गम्भीर संकटमा जनता | Khabarhub Khabarhub

रुसमाथि प्रतिबन्धै प्रतिबन्ध : गम्भीर संकटमा जनता


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘चीनले अहिले पनि मलाई मेरो हजुरबा र हजुरआमालाई सम्झाइ रहन्छ,’ लिडीयाले भनिन्। संसारलाई चुनौती दिँदै एक्लो बाटोमा हिँड्दा त्यस देशका नागरिकले भोग्नु पर्ने पीडा कस्तो हुन्छ भन्ने लिडीयाले राम्रोसँग बुझेकी छिन्।

चिनियाँ सत्ता जसरी संसारलाई वेवास्ता गर्दै एक्लै हिँड्ने प्रयासमा छ, या दमनकारी शासन प्रणाली अपनाएका कारण उसका नागरिकले कुनै दिन आफ्नो रसियन पुस्ताले भोगेको जस्तै पीडा त भोग्नु पर्ने होइन भन्ने आशङ्का लिडीयाको हो।

‘हामी मस्कोको एउटा फ्लायटमा बसेर माटोको कपमा चिया पिइरहेका छौँ। नरसंहारबाट बच्न मेरो हजुरबाले देश छाड्नु भएको हो। स्टालीनले मच्चाएको दमनबाट मेरा हजुरबा त बाँच्नुभयो तर, उहाँका तीन दाजुभाइ भने मारिनु भएको थियो। त्यसपछि हजुरबाले देश छाड्नु भएको हो। मलाई लाग्छ हाम्रो अवस्था त्यस्तै हुनेछ,’लिडीयाले भनिन्।


लिडीया उनको वास्तविक नाम होइन। सञ्चार माध्यममा वास्तविक नाम आउँदा ज्यानको जोखिम हुन सक्नेछ। निजी सञ्चारमाध्यमसँग नजिक रहेर धारणा राखेकै कारण १५ वर्षसम्म जेल सजाय हुन सक्नेछ। यो रुसको नयाँ कानुन हो।

अहिले पश्चिमा देशको रुसमा कुनै उपस्थिति छैन। तर, उनलाई केही समय पछि नै पश्चिमा शक्तिको रुसमा उपस्थिति हुने या नहुने भन्ने चासो छ। त्यहाँको जनजीवन कठिन हुने भय छ , किनकी उनको विचारमा रुसले अहिले नै अन्य देशमाथि गरेको व्यवहारका कारण त्यो चिन्ता गर्ने आधार तयार भइ सकेको छ। पश्चिमा देश प्रवेश गरेमा अहिले रुसी सरकारको रवैयाको ‘साइड इफेक्ट’ त्यहाँका सर्वसाधारणको जनजीवनमा देखिन सक्छ। पश्चिमा देश र कम्पनीको उपस्थिति नहुने हो भने पनि रुसमा नयाँ खालको आर्थिक सङ्कट देखिन सक्नेछ। त्यस कारण यी दुवै अवस्था आम रुसी नागरिकका लागि सुखद नहुन सक्छ भन्ने चिन्ता लिडीया लगायत धेरैमा छ। ठूलो कम्पनीले मस्को र रुसी बजारबाट बाहिरिएपछि एकाएक बेरोजगारी समस्या पनि बढेको छ।

‘अर्की एक महिला पश्चिम युक्रेनकी थिइन्, जसको ब्वाइफ्रेन्ड युद्धका लागि गएको छ। उनीहरू माथि भइरहेको अन्यायका लागि दुख व्यक्त गर्न नै मलाई दुई दिन लागेको थियो। मेरा साथीको अगाडि म रसियन हुँ भन्नका लागि लामो समय लाज लाग्ने छ।’

रुसले युक्रेनमा आक्रमण गर्नु अगाडि लिडीया एक अन्तर्राष्ट्रिय आइटी कम्पनीमा कार्यरत थिइन्। अहिले रुस बाहिर काम गर्ने सबै कर्मचारी हटाइएका छन्। १ सय जना अन्तर्राष्ट्रिय क्षेत्रमा, १ सय जना रुसमा तथा १ सय जना युक्रेनमा काम गर्ने गरेका थिए। ‘मेरै कति साथीहरू काम छाडेर देशको स्वतन्त्रताका लागि बन्दुक बोकेर हिँडेका छन्,’ उनले भनिन्, ‘मेरै समूहमा मध्य युक्रेनकी एक महिला थिइन्। अर्की एक महिला पश्चिम युक्रेनकी थिइन्, जसको ब्वाइफ्रेन्ड युद्धका लागि गएको छ। उनीहरू माथि भइरहेको अन्यायका लागि दुख व्यक्त गर्न नै मलाई दुई दिन लागेको थियो। मेरा साथीको अगाडि म रसियन हुँ भन्नका लागि लामो समय लाज लाग्ने छ।’

रुसका सपिङ मल अझै खुला छन्। तथापि, परिचित ब्रान्डका सटरहरू बन्द भएका छन्। सटर अगाडि अर्की महिला उभिएर टोलाइ रहेकी छिन्। मारिना नामकी ती महिला आँखा विशेषज्ञको रूपमा कार्यरत छिन्। उनी आफ्नै आमालाई पर्फ्युम किनी दिनका लागि भौँतारी रहेकी हुन्। मानिस पहिले कहिले नकिनेको उत्पादन पनि अहिले किनीरहेका छन्। किनकी उनीहरूलाई सामानको मूल्य वृद्धि हुन्छ भन्ने लागेको छ, उनले भनिन्म, ‘मलाई पनि डर लाग्छ। तर, मैले यस बारेमा सोचेको नै छैन।’

धेरैलाई आफ्नो बचतको चिन्ता छ। रुसको सेयर मार्केट भर्खर खुलैको छ। तर, डलर र युरोको तुलनामा रुसी मुद्राको भाउ घटेको घट्यै छ। भर्खर २० नाघेकी एक किशोरीको अर्कै चिन्ता छ। आफूले त्यही सेयरमा लगानी गरेको र त्यो लगानी तलमाथि भएमा जीवन नै कठिन हुने त होइन भन्ने डर उनमा छ।

सेयरको खराब अवस्था र रुसी मुद्राको मूल्य गिरावटको अवस्था कायम रहे उनका लागि पनि विदेसिनुको विकल्प छैन। विदेशमा गए पछि पनि रसियनलाई हेर्ने दृष्टिकोण कसैको पनि सकारात्मक नहुन सक्छ। केही महिना चुप लागेर बस्ने या सधैँको लागि लगानी नै माया मार्ने भन्ने चिन्ता उनको पनि छ।

कोकाकोला पेप्सी र स्टारबक्सले रुसमा व्यापार नगर्ने घोषणा गरेका छन्। कोकाकोलाले मङ्गलबार विज्ञप्ति जारी गर्दै मान्छेको जीवनभन्दा ठूलो व्यापार नभएको भन्दै रुसलाई बहिस्कार र प्रतिबन्धको विकल्प नभएको ठहर गरेको हो।

उनलाई आफ्नो छेउछाउमा यस लडाइँको पक्षधर देख्दा अचम्म लाग्ने गरेको छ। शान्तिपूर्वक बस्न छाडेर लडाइँ झगडा के का लागि ? भन्ने प्रश्न उनको मनमा उब्जने गरेको छ।

रुस युक्रेन युद्धको दुई साता
यी केही देखिएका उदाहरण हुन्। रुसले युक्रेनमा गरेको आक्रमणको दुई साता नाघेको छ। यो दुई सातामा धेरै ज्यादती देखिए। पछिल्ला दिनमा रुसी सेनाले युक्रेनका अस्पतालमा आक्रमण गरेको छ। प्रसूति गृह पनि बाँकी राखेका छैनन्। मानवीय सभ्यतामा नै कलङ्क लाग्ने गरी रुसी आक्रमण भइरहँदा बाँकी विश्व पनि थप कठोर बन्न थालेको छ। जसका कारण रुसी जनताको जीवन पनि कठिन बन्दै आएको छ।

आर्थिक प्रतिबन्धका कारण तेलको मूल्य बढेको छ। रुसले उत्पादन गरेको ग्यास र पेट्रोलियम पदार्थ कसैले पनि खरिद नगर्ने घोषणा अमेरिकी राष्ट्रपति जो वाइडेनले गरेका छन्।

कोकाकोला पेप्सी र स्टारबक्सले रुसमा व्यापार नगर्ने घोषणा गरेका छन्। कोकाकोलाले मङ्गलबार विज्ञप्ति जारी गर्दै मान्छेको जीवनभन्दा ठूलो व्यापार नभएको भन्दै रुसलाई बहिस्कार र प्रतिबन्धको विकल्प नभएको ठहर गरेको हो। पेप्सीले पनि आफ्नो उत्पादनलाई रुसमा नपठाउने भएको छ। त्यत्ति मात्र होइन, यी दुवै कम्पनीले विज्ञापनमा गरेको लगानी फिर्ता गर्ने भएका छन्।

युनिलिभरका प्रमुख जोनेप लोपले रुसबाट कुनै पनि सामान नलिने र कुनै पनि समान त्यहाँ नपठाउने बताएका छन्। युनी लिभरले रुसमा उत्पादन भएका पदार्थ त्यहीका जनतालाई भने उपलब्ध गराउने भएको छ।

स्टारबक्सले १ सय ३० लाई लाइसेन्स दिएको थियो। अहिले स्टारबक्सले पनि आफू अन्तरगतका सबै क्याफेलाई बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी चेन कम्पनीले यस अगाडि त्यहाँ बाट आउने रोयल्टी युक्रेनमा घाइतेलाई सहयोग गर्ने सर्तमा खोल्न दिएको थियो।

युनिलिभरका प्रमुख जोनेप लोपले रुसबाट कुनै पनि सामान नलिने र कुनै पनि समान त्यहाँ नपठाउने बताएका छन्। युनी लिभरले रुसमा उत्पादन भएका पदार्थ त्यहीका जनतालाई भने उपलब्ध गराउने भएको छ। म्याक डोनाल्डले पनि आफू अन्तरगतका ८ सय ५० रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ।

गत साता केन्द्रीय बैंककी प्रमुख एलभीर नबियुलीनाले देशको आर्थिक अवस्था खराब बनेको सूचना दिएकी थिइन्। यो सूचनासँगै रुसी मुद्राको मूल्य गिरावट रोक्नकै लागि ब्याजदरमा व्यापक वृद्धि गरिएको थियो।

यसरी ब्याजदर २० प्रतिशतसम्म पुगेको थियो। सन् २०१० मा इरान र सन् २०१३ मा उत्तर कोरियामा लगाइएको नाकाबन्दी भन्दा अहिलेको नाकाबन्दी अझ बढी कठोर छ। यसको असर चौतर्फी छ।

पश्चिमा देशले पहिलो आक्रमण रुसी बैंकमा गरेका थिए। रुसका बैङ्कलाई अन्तर्राष्ट्रिय रूपले प्रतिबन्ध लगाइएपछि त्यहाँको प्रमुख बैकको रूपमा रहेको सेबर बैङ्कमा सङ्कट सुरु भएको थियो। बैङ्किङ प्रणालीको ३३ प्रतिशत हिस्सा त्यसै बैङ्कले ओगटेको छ। भिटीबी, ओटक्रेट, नोभीकोम बैङ्क र सोभ्को बैङ्कले समान सङ्कट भोगेका छन्।

जी सेभेन राष्ट्रले स्विफ्ट सिस्टमबाट धेरै रुसी बैकहरूलाई बाहिर राखेका छन्। यिनीहरूले विदेशी मुद्रा पनि विनिमय गर्न पाउने छैनन्। यस पछि ती बैकको कारोबार पनि महँगो हुन थालेको छ। यो अवस्था केही दिन कायम रहे धेरै रुसी बैङ्कका लागि प्रशासनिक खर्च पनि कठिन भएर कर्मचारी कटौतीको दिनको सुरुवात आउने छ।

जी सेभेन राष्ट्रले स्विफ्ट सिस्टमबाट धेरै रुसी बैकहरूलाई बाहिर राखेका छन्। यिनीहरूले विदेशी मुद्रा पनि विनिमय गर्न पाउने छैनन्। यस पछि ती बैकको कारोबार पनि महँगो हुन थालेको छ।

यो प्रतिबन्ध सामान, एयरलाइन्स र उत्पादन सबै तीर लाग्ने भएको छ। अहिलेको युक्रेनको आक्रमणका कारण रुसको आर्थिक अवस्था तहस नहसको क्रममा त छ नै यसले त्यहाँका नागरिकले पनि अकल्पनीय दुःखको सामना दिन पनि आउन सक्नेछ। युद्धको सबैभन्दा कटु सत्य यो हो कि युद्धरत दुवै पक्षले केही न केही दुख र सास्ती बेहोर्नै पर्छ। रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण युक्रेनी मात्र होइन, रुसी जनताको जीवनमा पनि धेरै दुख थपिएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ११ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये