खुट्टाको मासु किन फर्किन्छ ?   « Khabarhub

खुट्टाको मासु किन फर्किन्छ ?  


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा करिब ६ सय ५० मांसपेशी हुन्छन् । प्रत्येक मांसपेशीको अलग अलग काम हुन्छ । शरीरको तौलको करिब ४० प्रतिशत भाग मासुले बनेको हुन्छ तर मासु चाहिँ के ले बनेको हुन्छ ?

मासु तन्कन सक्ने फाइबर जस्ता पदार्थका समूहहरू मिलेर बनेको हुन्छ । मासुको प्रत्येक फाइबर करिब ४० मिलिमिटर लामो हुन्छ र तिनीहरू एक आपसमा बटारिएर फाइब्रिल्स वा मासुको चोक्टा बनेका हुन्छन् । फाइबर यति मसिना हुन्छन् कि एक सेन्टिमिटर मासुमा करिब १० लाखसम्म फाइबरहरु हुन्छ । फेरि प्रत्येक फाइबर स्नायुद्धारा सञ्चालित एवं नियन्त्रित हुन्छन् । त्यसैले नै ती फाइबरहरु एकापसमा बाँधिएका हुन्छन् र मासुको क्रियाकलाप निर्धारित भएको हुन्छ ।

कहिलेकाहीँ हामीले खुट्टाको नली हाडको पछाडि घुँडामुनिको भागको मासु सहनै नसक्ने गरी दुख्छ । त्यसलाई मासु फर्केको भनिन्छ । यस्तो पीडा कैयौँ मिनेटसम्म पनि भइरहन सक्छ । हामीले भोग्ने मासु फर्कने समस्या के हो ? यो किन हुन्छ त ?

कहिलेकाहीँ शरीरको मासु आकस्मिक रूपमा खुम्चन्छ । त्यस्तो बेला मासु अति नै दुख्छ । यही स्थिति हो ‘मासु फर्केको’ हो । यसरी ‘मासु फर्केको’ ठाउँको हड्डीमा र मासुमा अत्यन्तै ठुलो तनाव भइरहेको हामीलाई महसुस हुन्छ । हाम्रो ‘मासु फर्केको’ भाग मासु पहिलेकै अवस्थामा नआएसम्म त्यो कायमै रहन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले