खुट्टाको मासु किन फर्किन्छ ?   | Khabarhub Khabarhub

खुट्टाको मासु किन फर्किन्छ ?  


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा करिब ६ सय ५० मांसपेशी हुन्छन् । प्रत्येक मांसपेशीको अलग अलग काम हुन्छ । शरीरको तौलको करिब ४० प्रतिशत भाग मासुले बनेको हुन्छ तर मासु चाहिँ के ले बनेको हुन्छ ?

मासु तन्कन सक्ने फाइबर जस्ता पदार्थका समूहहरू मिलेर बनेको हुन्छ । मासुको प्रत्येक फाइबर करिब ४० मिलिमिटर लामो हुन्छ र तिनीहरू एक आपसमा बटारिएर फाइब्रिल्स वा मासुको चोक्टा बनेका हुन्छन् । फाइबर यति मसिना हुन्छन् कि एक सेन्टिमिटर मासुमा करिब १० लाखसम्म फाइबरहरु हुन्छ । फेरि प्रत्येक फाइबर स्नायुद्धारा सञ्चालित एवं नियन्त्रित हुन्छन् । त्यसैले नै ती फाइबरहरु एकापसमा बाँधिएका हुन्छन् र मासुको क्रियाकलाप निर्धारित भएको हुन्छ ।

कहिलेकाहीँ हामीले खुट्टाको नली हाडको पछाडि घुँडामुनिको भागको मासु सहनै नसक्ने गरी दुख्छ । त्यसलाई मासु फर्केको भनिन्छ । यस्तो पीडा कैयौँ मिनेटसम्म पनि भइरहन सक्छ । हामीले भोग्ने मासु फर्कने समस्या के हो ? यो किन हुन्छ त ?

कहिलेकाहीँ शरीरको मासु आकस्मिक रूपमा खुम्चन्छ । त्यस्तो बेला मासु अति नै दुख्छ । यही स्थिति हो ‘मासु फर्केको’ हो । यसरी ‘मासु फर्केको’ ठाउँको हड्डीमा र मासुमा अत्यन्तै ठुलो तनाव भइरहेको हामीलाई महसुस हुन्छ । हाम्रो ‘मासु फर्केको’ भाग मासु पहिलेकै अवस्थामा नआएसम्म त्यो कायमै रहन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता रोकिदिने नेकपा (एमाले)को

गृह श्रमिकलाई कानुनी मान्यता दिने सरकारको तयारी

काठमाडौं– नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा