निर्वाचन आयोगले आज १७ राजनीतिक दलसँग छलफल गर्ने « Khabarhub

निर्वाचन आयोगले आज १७ राजनीतिक दलसँग छलफल गर्ने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ ।

३० वैशाखमा घोषित निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो‍।

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : २२ बजे

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र