स्थानीयवासीद्वारा डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध « Khabarhub

स्थानीयवासीद्वारा डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् ।

सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।

कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो ।

पीडितपरिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । सोही विरोधमा स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका हुन्। श्रेष्ठ विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए ।

छात्रावासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नदिई छात्रावास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नदिइ शव लगेको पीडित पक्षको आरोप छ । स्थानीयवासी सीताराम बजगाईँले यसअघि किटानी जाहेरी लिने सहमतिपछि आन्दोलन स्थगन भए पनि अर्को दिन प्रहरी कार्यालयमा पुग्दा प्रहरीले किटानी जाहेरी नलिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ५८ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा