प्रेस चौतारीको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने « Khabarhub

प्रेस चौतारीको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन् गर्ने कार्यक्रम छ । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।

महाधिवेशनको सबै तयारी पूरा भैसकेको उनले बताए । प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।

‘होटल व्यवस्थापन भैसक्यो । ५५ वटा होटलका ५ सय ५० रुम खोजेका छौं,’ उनले भने, ‘अधिकांश प्रतिनिधि आइसक्नु भएको छ । केही आउँदै हुनुहुन्छ । पोखराले न्यानो आतिथ्यता गरेर फर्काउने छ ।’

यो महाधिवेशनलाई अविस्मरणीय बनाउने गरी तयारीमा जुटेको श्रेष्ठले बताए । यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टिका विष्टको पनि दावी छ ।

केही समयअघि पोखरामा मानवअधिकार एलाइन्सको महाविधेशनका बेला दावेदार सबैले पोखराको रेकी गरेर फर्किएका छन् । उनीहरुले इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई भेटेर फर्किएका छन् । ‘सबैजना एकैदिन आएर छुटछुट्टै भेटेर गएका हुन्,’ गुरुङ निकट श्रोतले भन्यो, ‘तर उहाँले योग्य र सक्षम ब्यक्ति खोजीरहनुभएको छ । अहिलेसम्म त्यस्तो व्यक्ति पाइएको छैन ।’

चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रिय समिति १ सय ४९ सदस्यीय रहने प्रश्ताव छ । तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ । अहिले भने ४ सयको हाराहारीमा केन्द्रीय कमिटी छ ।

नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ । देशभरकै जिल्लाहरु, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ । यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेसन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो । महाधिवेसनका लागि मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति गठन भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : १२ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण