आगलागी अपटेड : उपचारका क्रममा वृद्धाको मृत्यु « Khabarhub

आगलागी अपटेड : उपचारका क्रममा वृद्धाको मृत्यु


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए। कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : २१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले