प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन « Khabarhub

प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन गरेका छन्। सो अवसरमा उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए।

प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउँदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि सुरु हुने बिएस्सी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गरिने भएको छ । सोहीअनुरुप ती कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार (लेक्चर हल, अडिटोरियम हल, फ्याकल्टी रुम, ल्याब, फार्मेसी, पुस्तकालय तथा छात्रावास) र जनशक्तिका बारेमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले जानकारी गराएका थिए।

बिहीबार राप्तीको अवलोकनमा प्रतिष्ठानका अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा रमेश कँडेल, डीन डा सागर पन्थी, सहायक निर्देशक डा एन्जिलिका कार्कीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : ३९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी