अस्ट्रेलियामा ‘चिसो एस्ट्रे’ २७ लाखमा बिक्यो « Khabarhub

अस्ट्रेलियामा ‘चिसो एस्ट्रे’ २७ लाखमा बिक्यो


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् ।

कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए ।

अहिलेको चलिरहेको अस्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

‘अस्ट्रेलियामा निरन्तर कार्यक्रम गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘लामो समयपछि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अस्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

‘चिसो एस्ट्रे’ ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो । चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाखसम्म पाएका थिए । निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अस्ट्रेलिया नै रहेकाले पनि उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुनसक्ने बताए ।

‘फिल्म निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनको अस्ट्रेलियाको सिड्नीबाहेक एडिलेड र तास्मानियामा पनि आफ्नै अफिस छ । फाउन्डेसनमार्फत अस्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने हाम्रो लक्ष्य छ,’ महेशबाबुले भने, ‘त्योबाहेक हामी सब टाइटल गरेर त्यहाँका हलमा पनि फिल्म लगाउँदैछौँ । यो सबै हिसाब गरेर फिल्मको अधिकार बेचिएको हो ।’

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरणपछि राम्रो चर्चा पाइरहेको छ । फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको बताइएको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रवीन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । फिल्मको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रवीन तामाङ आदि कलाकारको अभिनय छ । फिल्म ४ चैत अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : १९ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै