बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित « Khabarhub

बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक बी डिभिजन लिगमा नयाँबस्तीको जित दोस्रो जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको खेलमा नयाँ बस्ती यूथ क्लबले ब्वाईज यूनियनला३–२ गोल अन्तरले पराजित गरेको हो । 

नयाँ बस्तीको जितमा सुमन योज्ञ, रोशनआङ्दम्बे र सोम थापाले १–१ गोल गरे । ब्वाईज यूनियनको लागिभने विनोद राई र रिवस मास्केको नाममा १–१ गोल रह्यो । 

खेलको १७ औँ मिनेटमा सुमनको गोलले नयाँ बस्तीले अग्रतालियोब्वाईज यूनियनको लागि ३९ औँ मिनेटमा विनोदले गोल गरेर खेललाई बराबरीमा पु-याए

खेलको ५१ औँ मिनेटमा रिवसको गोलले ब्वाईजले पुनः अग्रता लियो । तर, रोशनले ७० औँ मिनेटमा नयाँ बस्तीको लागि गोल गरेर खेललाई २–२ गोलको बराबरीमा प्रवेश गराए । 

दुवै टोली अर्को गोल गर्न संघर्ष गरिरहेका थिए । करिब १३ मिनेटको संघर्ष पश्चात सोमले खेलको ८३ औँ मिनेटमा नयाँ बस्तीका लागि तेस्रो गोल गरे । सोमको गोल निर्णायक बनेसँगै नयाँ बस्तीले जित आफ्नो पोल्टामा पार्‍यो  । 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ५० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको