रुस किभमा भिषण आक्रमण गर्ने तयारीमा « Khabarhub

रुस किभमा भिषण आक्रमण गर्ने तयारीमा


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा भारी आक्रमण गर्नका लागि हतियार तथा सैनिक उपकरण पुन तैनाथ गरेको खुलेको छ । भू उपग्रहमार्फत् लिइएका तस्बीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला २४ घण्टामा भू उपग्रहमार्फत् लिइएका तस्बीरमा रुसले किभको नजिकै रकेट, ट्यांक र अन्य हतियारलाई आक्रमण गर्न तयार अवस्थामा राखेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा रुसी फौज उत्तरी दिशाबाट राजधानी किभ भन्दा केबल ५ किलोमिटरको दूरीमा रहेको बिहीबार मात्रै अमेरिकी सैनिक अधिकारीले बताएका थिए । यसबाहेक उत्तरपूर्वी दिशाबाट पनि रुसी फौज किभतर्फ बढिरहेका छन् । यो दिशाबाट हाल रुसका हतियार एवम् सैनिक उपकरण किभभन्दा ४० किलोमिटर टाढा रहेको बीबीसीले जनाएको छ ।

यसअघि रुसी हतियार र बख्तरबन्द गाडीको लस्कर राजधानी नजिकै रोकिन पुगेको थियो । सो लस्करलाई युक्रेनी फौजले एन्टी ट्यांक हतियारद्वारा आक्रमण गरेको थियो । बिहीबार नै सार्वजनिक भिडियोमा किभ नजिकैको ब्रोभारी शहरमा युक्रेनी फौजले रुसी सैनिक लस्करमाथी आक्रमण गरेको देखिएको थियो ।

अहिले भने किभको उत्तरी क्षेत्रमा रुसी सैनिक आक्रमणका लागि तयार अवस्थामा रहेको बताइएको छ । यद्यपि आक्रमण गर्न तयारी अवस्थामा रहेका हतियार र सैनिक उपकरणको परिमाणबारे केही खुलाइएको छैन ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ५८ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६