रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ? « Khabarhub

रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ?


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको पश्चिमी क्षेत्रमा आक्रमण गरेको छ । रुसले पश्चिमी युक्रेनका शहरहरू इभानोफ्राङ्किभ्स्क र लुत्स्कका विमानस्थललाई लक्षित गरी हवाई आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

इभानोफ्राङ्किभ्स शहरका मेयर रुस्लान मात्र्सिनकिभले शहरका बासिन्दाहरूलाई हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । त्यस्तै, लुत्स्क शहरका मेयरले पनि त्यहाँ रहेको विमानस्थलमा रुसी फौजले आक्रमण गरेको जनाएका छन् ।

यी शहरहरु रुसी फौजले हाल आक्रमण गरिरहेको क्षेत्रभन्दा धेरै टाढा पश्चिमी दिशामा रहेको समाचार संस्था एपीले जनाएको छ । यससँगै रुसले युद्धमा नयाँ दिशामा मोर्चा खोल्न लागेको हुनसक्ने जनाइएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि विभिन्न मुलुकहरुले नाकाबन्दी लगाएसँगै रुसमाथि आर्थिक दबाब बढ्दै गइरहेको छ । यद्यपि आर्थिक दबाबको बेवास्ता गर्दै रुसले युक्रेनमा आक्रमण जारी नै राखेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : १२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले