अहिलेको महँगी नियन्त्रण नेपालको हातमा मात्र छैन : मन्त्री झाँक्री « Khabarhub

अहिलेको महँगी नियन्त्रण नेपालको हातमा मात्र छैन : मन्त्री झाँक्री


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् ।

नेपाल निर्माण व्यवसायी महा संघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । 

‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दी चैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महँगी बढेको हो,’ उनले भनिन् ।

निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एक पटकमा पाँचवटा आयोजना मात्र दिने गरी कानुन संशोधन गरिएको बताइन् ।

नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : ११ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन