रेमिट्यान्स घट्यो‚ निर्यात बढ्यो | Khabarhub Khabarhub

रेमिट्यान्स घट्यो‚ निर्यात बढ्यो


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक वर्ष २०७८/२०७९ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यास) ४ं.९ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा रु ५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैँकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को सात महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २‚००‚१०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी‚ वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १‚५२‚३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै‚ आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीन तर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल‚ सोयाविन तेल‚ पिना‚धागो (पोलिष्टर तथा अन्य)‚ जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची‚ चिया‚ जडीबुटी‚ तार‚ तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी‚ आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु.११४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात्‌०.०१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत‚ चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: ३०.९ प्रतिशत‚ ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ‚ औषधी‚ कच्चा पाम तेल‚ कच्चा सोयाविन तेल‚ यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट‚ रासायनिक मल‚ सिमेन्ट‚ दाल‚ मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

सो समयमा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई रु.१०१५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु. १२८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १०४ अर्ब १३ करोड बराबरको भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : १६ बजे

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

महेन्द्रनगर – इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन

छठमा आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

बागमती – छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण