मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु « Khabarhub

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । 

खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । 

धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए । 

‘गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो’, उनले भने, ‘टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।’

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । 

वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए  । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । 

प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुख्र्याैली पेसा खानी खन्ने हो । 

त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । 

उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ४३ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,