कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै « Khabarhub

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले ‘कोल्डस्टोरेज’ तथा प्याज भण्डारण शेड निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 

नगरपालिकाको वडा नं ५ मा निर्माण गर्न लागिएको भण्डारण संरचनाका लागि जग्गा पहिचान तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए । 

तीन सय मेट्रिकटन क्षमताको आधुनिक प्याज भण्डारण शेड निर्माणले कृषकको क्षमता अभिवृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषि मूल्य शृङ्खला विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने उनले उल्लेख गरे । 
 
‘डिपिआर तयार गरिसकिएको छ, साथै प्रारम्भिक वातावरणीय परीक्षण (आइई) पनि पूरा भएको छ’, नगर प्रमुख ओझाले भने, ‘केही दिनमै बोलपत्र आह्वान गरेर ठेक्का प्रक्रिया अघि बढाउन लागेका छौँ ।’ उनका अनुसार प्याज भण्डारण शेड निर्माणका लागि करिब छ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

 वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्दा सो क्षेत्रको प्राकृतिक, सांस्कृतिक, भौतिक, जैविक, सामाजिक तथा आर्थिक प्रणालीमा पर्ने सम्भावित प्रभावबारे सरोकारवालासँग सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गरिएको बताइएको छ ।

कञ्चनपुरमा सञ्चालनमा रहेको कोल्डस्टोर बन्द हुँदा किसानले उत्पादन भएका तरकारी तथा फलफूल समयमै भण्डारण गर्न नसक्दा हरेक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन् ।

यसै समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले भण्डारण सुविधा विस्तार गर्ने पहल अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले बताए ।

व्यावसायिक तरकारीखेतीमा संलग्न किसान हरिराम डगौराले कोल्डस्टोरेज निर्माण प्रक्रिया अघि बढाइने भएकाले उत्साह बढेको बताए । ‘अब उत्पादित तरकारी भण्डार गरेर राम्रो मूल्य आउने बेला बिक्री गर्न सकिनेछ’, उनले भने, ‘नगरपालिकाको यो कदमबाट किसानलाई प्रत्यक्ष राहत पुग्ने विश्वास छ ।’

नगरपालिकाले कोल्डस्टोरेज निर्माणलाई दिगो रूपमा सञ्चालनमा ल्याउन सरोकारवालासँग निरन्तर समन्वय गर्दै जाने जनाएको छ । कृष्णपुर नगरपालिका जिल्लामै व्यावसायिक तरकारीखेती र केराखेतीमा अग्रणी रहेको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ३७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार