उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाको दाबी « Khabarhub

उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाको दाबी


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले अन्तरमहादेशीय ब्लालेस्टिक क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीले उत्तर कोरियाले हालै उत्तर कोरियाले परीक्षण गरेका दुई हतियारमा नयाँ अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रणालीको भाग’ पनि समावेश रहेको जनाएका हुन् ।

उत्तर कोरियाले गत फेब्रुअरी २६ र मार्च ४ मा परीक्षण गरेको थियो । उत्तर कोरियाले जासुसी भू उपग्रहका लागि ती परीक्षण गरिएको दाबी गरेको थियो ।

यद्यपि पेन्टागनले भने पूर्णस्तरको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्नुपूर्व उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रणालीको केही भाग परीक्षण गरेको जनाएको छ ।

दुबै परीक्षणले कुनै किसिमको अन्तरमहादेशीय क्षेप्यास्त्रजस्तो क्षमता नदेखाएपनि पूर्णस्तरको क्षेप्यास्त्र परीक्षण गर्नु अघि क्षेप्यास्त्र प्रणालीको मूल्यांकन गर्न ती परीक्षण गरिएको पेन्टागनको दाबी छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : ३७ बजे

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी