त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् ।

उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ ।

उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : १७ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन