काठमाडौँमा मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ « Khabarhub

काठमाडौँमा मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई गोकर्णेश्वर नगरपालिका–५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २० वर्षीय दिपेश मगर र गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २४ वर्षीय विशाल राना रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : २९ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन