बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सहजीकरण गर्न उच्चस्तरीय समिति गठन | Khabarhub Khabarhub

बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सहजीकरण गर्न उच्चस्तरीय समिति गठन


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्चरेडाँडामा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा सरकारले आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिसमेत रहेको एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

यसैगरी सरकारले बन्चरेडाँडामा ल्यान्डफिल साइटमा तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालासमेतको सहभागितामा एक द्रुत कार्य टोली (र्‍यापिड एक्सन टास्कफोर्स) समेत गठन गर्ने भएको हो ।

मन्त्रिपरिषद्को यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बन्चरेडाँडामा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिवद्धता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताए।

हाल बन्चरेडाँडामा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन तथा साइट सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा मानव जीवन, जीवजन्तु र वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै फोहरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र पहुँच सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको पनि जानकारी दिए । 

सरकारले फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने जनाएको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ३५ बजे

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः मन्त्री अधिकारी

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि