रुसले युक्रेन आक्रमणमा विदेशी स्वयंसेवी लडाकुलाई पनि परिचालन गर्ने « Khabarhub

रुसले युक्रेन आक्रमणमा विदेशी स्वयंसेवी लडाकुलाई पनि परिचालन गर्ने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी आक्रमणमा युक्रेनी फौजविरुद्ध रुसको पक्षमा विदेशी स्वयंसेवी खटाउन आह्वान गरेका छन् । रुसको सुरक्षा समितिको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले रुसको पक्षमा लड्न चाहने विदेशी स्वयंसेवीलाई त्यसो गर्न दिइनुपर्ने जनाएका हुन् ।

‘पैसाका लागि नभई आफ्नै स्वेच्छाले डोनबासका जनतालाई सहयोग गर्न चाहनेलाई त्यसो गर्न दिइनुपर्छ र द्वन्द्वग्रस्त क्षेत्रमा आउन दिनुपर्छ ।’ पुटिनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले मध्यपूर्वी मुलुकहरुमा रुसको पक्षमा लड्न १६ हजार स्वयंसेवी तयार रहेको बताएका छन् । अमेरिकी अधिकारीहरुले भने सोइगुले भनेका स्वयंसेवीहरुमा सिरियामा शहरी युद्धमा निपुण केही लडाकुहरु पनि रहेको बताएका छन् ।

सोइगुले रुसी फौजले युक्रेनी फौजबाट बरामद गरेको अत्याधुनिक एन्टी ट्यांक क्षेप्यास्त्रहरु डोनबास क्षेत्रमा सक्रिय लडाकुलाई उपलब्ध गराउने प्रस्ताव पनि गरेको जनाइएको छ । सोइगुको यो प्रस्ताव पनि पुटिनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ३० बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर