राप्रपाले स्थानीय तहमा हुने भ्रष्टाचारलाई चुनावी मुद्दा बनाउँछ : अध्यक्ष लिङ्देन « Khabarhub

राप्रपाले स्थानीय तहमा हुने भ्रष्टाचारलाई चुनावी मुद्दा बनाउँछ : अध्यक्ष लिङ्देन


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको बताएका छन् ।

कांग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग हुन्, ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको आराेप लगाउँदै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ३५ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल