धनुषाधाममा चिडियाखाना बनाइने | Khabarhub Khabarhub

धनुषाधाममा चिडियाखाना बनाइने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधामा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका छन् । शुक्रबार बिहान धनुषाधामस्थित वनस्तपति अनुसन्धान केन्द्रको वस्तपति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धि अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए ।

धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए ।

वनस्तपति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।

अहिले रहेको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यबस्थित गर्दै वनस्तपति सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको मन्त्री यादवले बताए ।

‘वनस्पति उद्यान केन्द्रमा लोपाेन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वनस्पति, बिरुवाहरुलाई संरक्षण गर्दै आएको छ,’ मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छ ।’

वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रुपमा विकास गर्न सकिने मन्त्री यादवले बताए ।

वारवारको अभावमा जङ्गली जनावरबाट वनस्पति केन्द्र हुने क्षतिलाई न्यूनीकरण गर्न तत्काल नै संघीय सरकारले चारैतिरबाट तारवारको लागि बजेट व्यवस्थापन गर्न लागेको मन्त्री यादवले बताए । केन्द्रलाई व्यवस्थित गर्न सकेको खण्डमा विभिन्न फिल्महरु निर्माणका लागि उपयुक्त स्थल हुन सक्ने मन्त्री यादवले बताए ।

वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वस्तपति केन्द्रको अवस्थामा बारे मन्त्री यादवलाई जानकारी गराएका थिए । जग्गा पर्याप्त भए पनि बजेटको अभावमा वनस्पतिले लक्ष्य अनुसारको काम गर्न सकेको हुसेनको भनाइ थियो ।

केन्द्रमा विभिन्न प्रजातिका जडिबुटी, पानीमा रहने विभिन्न प्रजातिका जडिबुटी तथा बिरुवाहरू समेत उद्यानमा रहेका हुसेनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०० बजे

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही