जापानमा ११ वर्षअघि गएको भूकम्पको सम्झनामा प्रार्थाना « Khabarhub

जापानमा ११ वर्षअघि गएको भूकम्पको सम्झनामा प्रार्थाना


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फुकुसिमा दाइची आणविक केन्द्रमै क्षति पुर्‍याउने गरी जापानमा सुनामी आएको ११ वर्ष पूरा भएको छ । यो अवसरमा जापानको उत्तरपूर्वी क्षेत्रमा मानिसहरुले प्रार्थाना गरेका छन् ।

उत्तरपूर्वी जापानमा ११ मार्च, २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाएका व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको हो ।

जापानका टेलिभिजन च्यानलहरुले विशाल समुद्री पर्खालहरूको छेउमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चङ्गा उडाउँदै मानिसहरूले समुद्रतिर फर्केर प्रार्थना गरिरहेको प्रत्यक्ष प्रसारण गरेका छन् ।

उक्त भूकम्प र सुनामीका कारण १८ हजार ५०० जना मारिएको वा बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनामीले ध्वस्त पारेको तोहोकु क्षेत्रमा, मानिसहरु बिहानै तटमा प्रार्थना गर्न भेला भएका थिए । स्थानीय टिभीले फुकुशिमाको नामी क्षेत्रमा अझै हराइरहेका मानिसहरूको वार्षिक खोजी गरिरहेको देखाएको छ ।

सुनामीमा आफ्नी बहिनी, ज्वाई र भतिजा गुमाएका माछा मार्ने सदाओ कोनले यो दिन मनाउनबाट बच्न प्रयास गरेको बताए । ‘मेरो आफन्त मात्र मारिएनन्, मैले फायर ब्रिगेडमा काम गर्ने क्रममा धेरै पीडितहरू पनि देखें’ उनले भने ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०० बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक