फोटो कथामा डि–सीने अवार्ड « Khabarhub

फोटो कथामा डि–सीने अवार्ड


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल सिनेमा अवार्ड अर्थात् (डि–सीने) अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।

छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

No description available.

दुई वर्ष रोकिएको अवार्डमा वर्ष २०७६ मा रिलिज भएका फिल्महरू मध्येबाट अवार्डमा दर्ता हुन् आएका फिल्महरू प्रतिष्पर्धामा थिए ।

No description available.

२७ विधासहित जुरीद्वारा थप गरिएको ६ विधामा अवार्ड प्रदान गरिएको छ । सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ ले ८, ‘मारुनी’ ले ६ र ‘साङ्लो’ फिल्मले ६ विधामा अवार्ड जितेका छन् । यसवर्षको उत्कृष्ट फिल्ममा मारुनीले अवार्ड जित्यो । यसै फिल्मबाट निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।

No description available.

यस्तै अभिनेत्रीतर्फ ‘छ माया छपक्कै’ बाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यही फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्ममध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।

No description available.

यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा ‘छ माया छपक्कै’ ले जुरी अवार्ड जित्यो । अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । अध्यक्ष शान्तिप्रियले अवार्ड आफूसहित आफ्नो टिम सात प्रदेश चौध सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए ।

No description available.

समिर लामाको संयोजकत्वमा भएको १२ औँ संस्करणको अवार्डमा छायाँ छवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’ बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई सम्मान गर्ने समयमा अवार्डमा सहभागीले उभिएर सम्मान प्रकट गरेका थिए । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ)झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरुस्कार प्रदान गरिएको हो ।

No description available.

यस्तै , नेपाली फिल्मको प्रवर्द्धनमा योगदान दिएको भन्दै मोडल सागर घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङवा लामालाई डिसीने अवार्डमा आयोजक संस्था छायाँछवि क्रियसनले सम्मान गरेको थियो ।

कार्यक्रममा प्रतिष्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थिति थियो । कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए भने दीपशा विसीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय