आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा « Khabarhub

आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । लखनउका क्विन्टन डी ककले ३९, मार्कुस स्टोनिसले ३८, दिपक होडाले २५, क्रुनाल पाण्डयले २२ रन बनाउँदा दुश्मन्था चामिराले १३ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

राजस्थानका लागि शिम्रन हिटमायर ५९, देबदूत पडिकलले ३९ रन जोड्दा रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले दुईदुई विकेट लिए ।

यो जितसँगै राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ । लखनउको ५ खेलमा ६ अंक नै छ । लखनउ पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ०३ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल