कृषि गणना गर्न सुपरिवेक्षक खटिदै « Khabarhub

कृषि गणना गर्न सुपरिवेक्षक खटिदै


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम -रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०-१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक रसुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ ।

तालिम रुकुमकोटमा जारी छ । तालिम अगामी वैशाख ३ गतेसम्म चल्ने कृषि गणना कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । यसका लागि जिल्लामा ४९ गणना क्षेत्र तोकिएको कार्यालय प्रमुख शतिसकुमार चौधरीले जानकारी दिए । उनका अनुसार कृषि गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ।

गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउविजन, विषादी र मलखादको प्रयोग लगायतको विवरण सङ्कलन हुने जनाइएको छ ।

जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रर्याप्तताका बारेमा पनि जानकारी सङ्कलन हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : २८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक