मारिउपोलमा दशौँ हजार मारिएको जेलेन्स्कीको दाबी « Khabarhub

मारिउपोलमा दशौँ हजार मारिएको जेलेन्स्कीको दाबी


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी शहर मारिउपोलमा दशौँ हजार मारिएको हुनसक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

दक्षिण कोरियाली सांसदहरूसँग प्रत्यक्ष भिडियो लिंकमार्फत् वार्ताका क्रममा जेलेन्स्कीले यस्तो बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘मारिउपोल ध्वस्त भएको छ, दशौँ हजारको मृत्यु भएको छ तर यसका बावजुद रुसीहरुले आक्रमणलाई रोकेका छैनन् ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि जेलेन्स्कीको दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । चौतर्फी घेराबन्दीमा रहेका कारण शहरभित्रबाट समाचार प्राप्त गर्न निकै कठिन रहेको बताइन्छ ।

शहरबाट भाग्न सफल केही शरणार्थीहरूले भने शहरमा शवहरू अव्यवस्थित चिहानमा गाडिएको, रुसी फौजमा सरिक चेचेन लडाकुहरूले लुटपाट मच्चाएको तथा शहरभरी भोकमरीको अवस्था रहेकोबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।

मारिउपोल शहरमा रुसी फौजले बारम्बार आक्रमण गर्दै आएका छन् । रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको मारिउपोल रुसी सेनाको प्रमुख निशानामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ५१ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा