बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट  « Khabarhub

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट 


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रशंसापत्र प्रदान गरे ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा विगत ४ आ.व. देखि निरन्तर रुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ३८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा