षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैनः पूर्वप्रधानन्यायाधीश पराजुली « Khabarhub

षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैनः पूर्वप्रधानन्यायाधीश पराजुली


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले जनमतबिना नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएकोले स्वीकार्य नहुने बताएका छन् ।

सोमबार जनकपुरधाममा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ उनले षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने बताएका हुन् ।

जानकी मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश पराजुलीले हिमालयदेखि समुद्र पर्यन्त र इन्डोनेसियाको बालीदेखि पर्सियासम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भइसकेको भन्दै उनले माता जानकीको आशीर्वादले हिन्दू राष्ट्र बनाउने अभियान सफल हुने पनि दाबी गरे ।

उनले मानव सभ्यतालाई बचाउने, उजागर गर्ने, व्यस्थित गर्ने हिन्दू धर्म मात्र रहेको भन्दै यो धर्म मात्र होइन संस्कार, परम्परा र शासनको शैली रहेको पनि बताए ।

अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले राष्ट्र भनेकै व्यक्तिहरू भएकाले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हुने तर्क गरे ।

उनले संस्कार, परम्परा, रीतिरिवाज र धर्मको रक्षा हुनुपर्ने पनि बताए ।

त्यसैगरी समाजसेवी ज्योत्सना साउदले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएको भन्दै नेपालले हिन्दू राष्ट्रको गौरव प्राप्त गर्ने विश्वास रहेको बताइन् ।

कार्यक्रममा उद्योगी व्यवसायी निर्मल चौधरीले विस्वास योग्य पात्र पाएको कारण अभियान सफल हुने बताएका थिए ।

कार्यक्रममा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराइएको थियो ।

गत भदौ ३ गते पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ०७ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी