घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम सञ्चालन « Khabarhub

घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम सञ्चालन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

आज भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको उद्घाटन गरे ।

कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो।

साथै बैंकले हालसालै बैंकिङ्ग पहुँचलाई थप विस्तार गर्दै इलाम, कञ्चनबारी, लहान र कटारीमा नयाँ शाखा विस्तार गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ०४ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो