नेपालमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री बडू « Khabarhub

नेपालमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री बडू


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि र स्वेदशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले आयात र निर्यातबीचको खाडलपुर्ने र स्वदेशमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्‍याउने उद्योगहरूको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।

सरकारले प्रस्तावित गरेका सात वटा औद्योगिक क्षेत्र, औद्योगिक ग्राम र विशेष आर्थिक क्षेत्र सञ्चालनमा देखिएका समस्याहरू अन्तरमन्त्रालय समन्वय गरी तत्काल समाधान गर्नुपर्ने पनि उनले बताए ।

मन्त्री बडूले उद्यमशीलता विकासका लागि दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यक्रम तथा योजना बनाउनुपर्नेसमेत बताए ।

औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्दा कतिपय ठाउँमा वर्षौँदेखि बसिरहेका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएकाले पूर्वाधार निर्माण र उनीहरूको व्यवस्थापनको काम सँगसँगै अगाडि बढाउने गरी काम गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

मन्त्री बडूले उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको प्रगति विवरणबारे जानकारी लिएका थिए ।

त्यसैगरी उनले कम्पनी रजिष्ट्रारको कार्यालय र लघु, घरेलु तथा साना उद्योग  प्रवर्द्धन केन्द्रबारे पनि जानकारी लिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ५० बजे

राहत, उद्धार र पुनस्र्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति